February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बिलभन्दा बढी सामान बोक्ने ३ कन्टेनर नियन्त्रणमा

१ करोड ३२ लाख बढीको लत्ता कपडा
May 11, 2024

चितवन / राप्ती नगरपालिका–१ लोथरबाट तीन वटा कन्टेनर ट्रकलाई नियन्त्रणमा लिइएको छ । बिल (विजक) भन्दा बढीको लत्ता कपडा लगायतका सामानहरू लोड गरी पूर्वबाट चितवनतर्फ आउँदै गरेको ती कन्टेनरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार ना ३ ख ४३४२, बाप्र ०१–००६ ख ३८२८ र ना ६ ख ८०३२ नम्बरको कन्टेनरलाई आज (शनिबार) बिहान साढे १२ बजे नियन्त्रणमा लिइएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र लोथर मातहतका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले ती कन्टेनरहरु नियन्त्रणमा लिइएको हो ।

ती कन्टेनरहरुमा करिब एक करोड ३२ लाख ४० हजार ४०३ रुपैयाँको सामान भेटिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको कन्टेनरहरु माथि आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको भण्डारीले जानकारी दिए ।

- ADVERTISEMENT -