June 20, 2024

आगामी बजेटले निजीक्षेत्रलाई ऐतिहासिक उत्साह दिनेछ : गृहमन्त्री लामिछाने

बढ्दो श्रम पलायन रोक्न सके देश आर्थिक समृद्धिको बाटो जानेछ ः अध्यक्ष श्रेष्ठ
May 12, 2024

–बबिलाल तामाङ

चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटले निजी क्षेत्रलाई ऐतिहासिक उत्साह दिने बताए । उद्योग वाणिज्य संघ चितवनद्वारा शनिबार आयोजित स्वागत तथा छलफल कार्यक्रममा गृहमन्त्री लामिछाने सो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गृहमन्त्री लामिछानेले सोही अनुसार नै अहिले सरकार नीति, कार्यक्रम तथा बजेट निर्माणमा जुटेको भनाइ थियो । उनले उदाहरणीय काम गरेर देखाउन आफ्नो पार्टी सरकारमा सामेल भएको समेत दावी गरे ।

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)लाई जनताले अत्यधिक आशा गरेको पार्टीको रुपमा हेरेको चर्चा गर्दै जनताको हकहितको लागि जिम्मेवार रहेको उनको भनाइ थियो । आर्थिक उन्नतिको जग नबसालेसम्म आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताउँदै व्यवसायमैत्री नीति निर्माणमा सरकारले ध्यान दिएको बताए ।

सहकारीको समस्या समाधानमा फास्टट्रयाकमा कानुन निर्माण बनाएर समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनको निजी क्षेत्रको अवस्था, आर्थिक मन्दीको असर, आर्थिक तथा सामाजिक विकासमा संस्थाले खेलेको भूमिकाबारे जानकारी गराएका थिए ।

श्रेष्ठले उवासंघ चितवन नेपालमा मेलामहोत्सव आयोजना गर्ने पहिलो संस्था भएको दाबी गरे । पोल्ट्री एक्स्पो गर्दै चितवन जिल्लालाई विभिन्न उत्पादनको केन्द्रको रुपमा स्थापना गर्न उवासंघ चितवनले उल्लेख्य योगदान पु¥याएको बताए । संघले हालसम्म १४ वटा महोत्सव आयोजना गरिसकेको छ ।

६५ वर्षभन्दा लामो इतिहास बोकेको संघले राज्यलाई निरन्तर सहयोग गर्दै व्यवसायिक हितका सवालमा राज्य र राज्य संयन्त्रलाई राय सुझाव पनि पेश गर्दै आइरहेको जिकिर गरे । हाल कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई विकासका मुख्य आधार बनाई आफ्ना गतिविधि गर्दै आइरहेको उनको भनाइ थियो ।

आगामी वर्षको बजेट के कस्तो हुनुपर्दछ भन्ने सवालमा समेत संघले यस अगावै अर्थ मन्त्रालयमा सुझाव पठाइसकेको जनाउँदै ती सुझावहरुलाई सम्बोधन हुने व्यवस्थाका लागि उनले गृहमन्त्रीसँग आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले देशको विकासमा उद्यमी व्यवसायीको भूमिका महत्वपुर्ण रहने बताउँदै देशमा बढ्दो श्रम पलायन रोक्दै उत्पादन बढाउन सके देश आर्थिक समृद्धिको बाटोमा जाने बताए ।

निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा तिब्रता दिनका साथै पोखरा बसपार्कदेखि गोलाघाटसम्मको नारायणी किनारमा सडक बिस्तार लगायत नवलपुरसँग जोड्ने पुलको निर्माण गरी पर्यटकीय गतिविधि बढाउन गृहमन्त्रीको ध्यानार्कषण समेत गराए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष एवम् रास्वपाका केन्द्रिय सदस्य राजन गौतम, संघका पूर्व उपाध्यक्ष शिरिष पन्त, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण), कम्प्युटर एसोसिएसन चितवनका अध्यक्ष टेकलाल भुषाल, निर्माण सामाग्री (हाडवेर) व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष हरिप्रसाद गैरेलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवि सुवेदीले कार्यक्रममा उठेका विषयहरु सम्बोधन हुने विश्वास व्यक्त गरे । कार्यक्रम उवासंघ चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -