निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणगढमा गुरूङ चलचित्र ‘जिउनी’को भव्य प्रदर्शन

हलमा दर्शकको ओइरोले कलाकारहरु हर्षित
प्रकाशित मिति : २०८१ बैशाख ३० गते
- ADVERTISEMENT -

चितवन / गुरूङ संस्कृतिमा आधारित तथा नेपाली माषामा निर्मित चलचित्र ‘जिउनी’ नारायणगढमा प्रदर्शन गरिएको छ । सामाजिक परिवेशमा आधारित चलचित्रलाई काठमाडौंमा भएको प्रदर्शनपछि चितवनमा प्रदर्शन गरिएको हो ।

चलचित्र हेर्न वागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशी, वागमती प्रदेशसभा सदस्य माया श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्व सभापति टेकप्रसाद गुरूङलगायतका नेताहरूसमेत नारायणगढस्थित इन्द्रदेव चलचित्र मन्दिर पुगेका थिए ।

- ADVERTISEMENT -

Advertisement

पूरै चलचित्र हेरेर बाहिरएका वागतमी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जोशीले नेपाली समाजको यथार्थ कहानीलाई चलचित्रमार्फत सन्देश दिन खोजिएको बताए । ८३२ सिट क्षमता रहेको हल पूरै दर्शकले भरिभराउ भएको थियो ।

जलकन्या फिल्म्स् प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा ‘जिउनी’ गोठबहादुर गुरूङ र रसमाया गुरूङले लगानी गरेका छन् । बरिष्ठ निर्देशक जनक गुरूङद्वारा निर्देशित चलचित्रमा टेकबहादुर गुरूङले कथा लेख्नुका साथै मुख्य भूमिका निर्वाह गरेका छन् । साथै जनक गुरूङ, अशोक गुरूङ, आकृति गुरूङ, आनन्द गुरूङ, अन्जु गुरूङ, रबिन गुरूङ, गढुलध्वज गुरूङ, हरिमाया गुरूङ, माया गुरूङलगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रमा चितवनका थुप्रै कलाकारहरूले अभिनय गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

चलचित्रलाई शम्भू चालिसेले खिचेका हुन् भने मेख थापामगरले सम्पादन गरेका हुन् ।

काठमाडौंमा एक हप्तासम्म सफल प्रदर्शन भएको चलचित्रलाई चितवनपछि आँबुखैरेनी र लम्जुङमा प्रदर्शन गर्ने तयारी भइरहेको चलचित्रका लेखक तथा कलाकार टेकबहादुर गुरूङले जानकारी दिए । ‘त्यसपछि पोखरा लैजाने योजनामा छौँ,’ उनले भने ।

चलचित्र सोचेभन्दा सफल भएको कलाकारहरूले बताएका छन् । नेपालकै ठूलो हलमा प्रदर्शन गर्दा पनि दर्शकले भरिभराउ भएको देख्दा कलाकारितामा थप हौसला बढेको कलाकार आकृति गुरूङले बताइन् ।

नेपाली सिनेमामा द्वन्द्व निर्देशकमार्फत ख्याति कमाएका जनक गुरूङले चलचित्र प्रदर्शनको लागि चितवनमा दर्शकको उपस्थिति सधैँ उस्तै पाउँदा लामो समयदेखिको चलचित्र क्षेत्रलाई माया मार्न नसकेको बताए ।

गुरूङ समुदायमा बुबा–आमाले छोराछोरीलाई अंशबण्डा लगाइसकेपछि आफ्नो भागमा राखिने जमिन या सम्पत्तिलाई जिउनी भन्ने चलन छ । चलचित्रमा त्यही सम्पत्तिलाई मुख्य विषयवस्तु बनाएर समाजमा व्याप्त वेथिति, विसंगति तथा दमनका विरूद्ध आवाज उठाउने प्रयास गरिएको छ ।

चलचित्र प्रदर्शन गर्नको लागि तमू ह्युल छोंज धीँ चितवन, तमू प्ये ल्हु संघ चितवनसहित चितवनमा रहेका गुरूङ समुदाय र विभिन्न टोल विकास संस्था तथा समूहहरूले ठूलो सहयोग गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58