२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

आज चार प्रदेशमा मेघगर्जनसहित वर्षा : मौसम

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते
- ADVERTISEMENT -

काठमाडौं / देशको विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज (सोमबार) कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार, हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

देशभर आंशिकदेखि साधारणतया बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

- ADVERTISEMENT -