April 29, 2025

बागमती प्रदेश सभाको आजबाट बजेट अधिवेशन बैठक सुरु

May 13, 2024
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेश सभाको हिउँदे अधिवेशनको रुपमा चिनिने बजेट अधिवेशन बैठक आज (सोमबार) बाट सुरु हुँदैछ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बजेट अधिवेशन बैठक बोलाएका हुन् ।

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

यस्तै, आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको उनले बताए ।

प्रदेश सभाको हिउँदो अधिवेशन प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा गत वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य गरेका थिए ।

- ADVERTISEMENT -