March 17, 2025
- ADVERTISEMENT -

नेकपा एसको केन्द्रीय कमिटीको बैठक आज

May 14, 2024

काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको बैठक आज (मंगलबार) बस्ने गरी आह्वान गरिएको छ ।

बैठक बिहान ११ बजेबाट सुरु हुने गरी आह्वान गरिएको हो । उक्त बैठक दुई दिनसम्म संचालन हुनेछ ।

बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले आगामी असार १० गतेदेखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ । यस विषयमा पनि आजको बैठकमा छलफल हुने प्रवक्ता खतिवडाले बताए ।

- ADVERTISEMENT -