June 20, 2024

चोरीको मोटरसाइकलसहित ६ जना प्रहरी हिरासतमा

May 20, 2024
file photo.

मकवानपुर / चोरी भएका मोटरसाइकलसहित ६ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले विभिन्न मितिमा चोरी भएका मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेका हुन् ।

चोरी भएका मोटरसाइकलसहित सो कार्यमा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मिलन पाख्रिन, रत्न बहादुर गोले, संजिव भोलन, रमेश लोप्चन, सुवाष बोम्जन र अशोक स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, गत जेठ २ गते हेटौंडा–१६ स्थितबाट हेटौंडा–१५ बस्ने २० वर्षीय मिलन पाख्रिन र हेटौंडा–१६ बस्ने ३० वर्षीय रत्न बहादुर गोलेलाई बागमती प्रदेश ०२–०३ प २१९६ नम्वरको प्लेट राखेको अवस्थामा चोरीको मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल बकैया गाउँपालिका–८ बस्ने १९ वर्षीय संजिव भोलनले बिक्री गरेको खुलेको थियो । प्रहरीले संजिव भोलनको समेत खोजतलास गर्ने क्रममा निजको साथबाट बागमती प्रदेश ०२–०४१ प ३९०८ नं। प्लेट भएको २२० सि।सि।को चोरीको मोटरसाइकल बरामद भएपछि निजलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको थियो ।

अनुसन्धानको क्रममा उक्त मोटरसाइकल बकैया गाउँपालिका–८ बस्ने ३३ वर्षीय रमेश लोप्चन र इन्द्रसरोबर गाउँपालिका–५ बस्ने २९ वर्षीय सुवाष बोम्जनले दिएको भनि खुल्न आएको र पक्राउ परेका संजिव भोलनको साथबाट बरामद भएको मोटरसाइकलको सम्पुर्ण पार्टपुर्जाहरु हेटौंडा–१९ बस्ने अशोक स्याङतानलाई बिक्री गरेको भनि खुलेको थियो ।

अशोक स्याङतानले आफुले प्रयोग गर्ने ना २० प ७७६८ नं. को मोटरसाइकलमा उक्त पार्टपुर्जाहरु राखि स्वरुप परिवर्तन गरेको छ भनि समेत बताएको हुँदा निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

पक्राउ परेका उनीहरुलाई चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ८ दिनको म्याद अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

साथै अन्य चोरी भई आएका बा।प्र।०२–०३८ प ७५८१ नं को एन.एस. र बा.प्र. ०२–०३३ प ६०२० नं. ड्यूक मोटरसाइकल समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -