June 20, 2024

अवैध लागूऔषधसहित दुई पक्राउ

May 22, 2024
Sketch

पर्सा / अवैध लागूऔषध ब्राउनसुगर र अफिमसहित हेटौंडाका दुई जना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ५० ग्राम र अफिम १ सय ५० ग्रामसहित उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ घर भएका २९ वर्षीय समुन्द्र शाह र २४ वर्षीय अमिर बानियाँ रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी इनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०२ प ९४५० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -