June 20, 2024

डेंगु संक्रमण फेलिँदै, सचेतना अपनाउन आग्रह

May 25, 2024

काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशको प्राय जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ ।

महाशाखाले डेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको जनाएको हो । महाशाखाका अनुसार, मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो ।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा।गोकर्णप्रसाद दाहालका अनुसार, देशको ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ ।

डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न सबैलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -