June 20, 2024

आज बागमती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत हुने

May 27, 2024

मकवानपुर / बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई आज (सोमबार) सार्वजनिक गर्न दलहरुको सहमति भएको जानकारी दिए ।

नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्न प्रदेश सभाको बैठक अपराह्न ३ बजे बोलाइएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्ने सभामुख पाठकले बताए ।

त्यसअघि आज साढे १२ बजे कार्यपरामर्श समितिको बैठक पनि बोलाइएको छ । कार्यपरामर्श समितिको बैठकमा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममाथिको छलफल कहिलेबाट प्रारम्भ गर्ने भन्ने बारे छलफल हुने सभामुख पाठकले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -