February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हावाहुरीले १४ घर र दुई मन्दिरमा क्षति

May 31, 2024
file photo.

पोखरा / हावाहुरीले १४ वटा घर र दुईवटा मन्दिरहरुमा आंशिक क्षति पुर्‍याएको छ । कास्कीको रुपा गाउँपालिकामा १४ वटा घर र दुईवटा मन्दिरहरुमा क्षति पुर्‍याएको कास्की प्रहरीले जनाएको छ ।

बिहीबार साँझतिर हावाहुरीसहित वर्षा हुँदा क्षति भएको थियो । हावाहुरीले मानवीय र चौपायालाई भने क्षति गरेको छैन ।

कास्की प्रहरीका अनुसार रुपा गाउँपालिका वडा नम्बर १ च्यार्पे बस्ने नरमाया गुरुङ, रुपा गा।पा। वडा नं। २ छापडाँडा बस्ने सोम बहादुर खड्का, माझकोट बस्ने हर्क बहादुर गुरुङ, रुपा गाउँपालिका ६ जामुने बस्ने चिजामाया गुरुङ, कसिला गुरुङ, प्रतिक अधिकारी, गंगा गुरुङ, राज कुमार तामाङ लगायतको घरमा हावाहुरीले क्षति पुर्‍याएको छ ।

रुपा गाउँपालिका ६ मियागाउ बस्ने अब्बस अलि मिया, अबदुल मिया, रजिना मिया, मैमुन मिया, लैलातान मिया, कृष्ण बहादुर थापा, तसबिरन मिया र भिरचोक बस्ने जानकी गुरुङको घरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ ।

चिसापानीस्थित कोट मन्दिर र थापा गाउँको कुल मन्दिरका छाना पनि हुरीले उडाएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -