July 20, 2024

एकाबिहानै ५.९ म्याग्निच्युडको भूकम्प धक्का महसुस

June 3, 2024

काठमाडौं / जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प धक्का महसुस भएको छ ।

त्यहाँको स्थानीय समय अनुसार सोमबार बिहान करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको जनाइएको छ ।

उक्त भूकम्पबाट कुनै क्षति नभएको र सुनामीको चेतावनी पनि जारी नभएको समाचार एजेन्सी एनएचकेले जनाएको छ ।

भूकम्पले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो ।

भूकम्प लगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवासमेत केहीबेर प्रभावित भएको थियो ।

अन्य सार्वजनिक यातायातका सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -