December 6, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरको चेतावनी : छात्रवृत्ति विवरण नबुझाउने संस्थागत विद्यालय बन्द

June 6, 2024

काठमाडौं / काठमाडौं महानगरपालिकाले सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेस गर्न आदेश दिएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै ३ दिनभित्र विवरण पेस गर्न आदेश दिएको हो ।

महानगरले तोकिएको समयभित्र विवरण नबुझाएमा यही आवदेखि नै स्कुल बन्द सूचमीमा राख्ने चेतावनीसमेत दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

जारी सूचनामा भनिएको छ, ‘विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालन नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरिनेछ ।’, ‘यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न÷नगराउनुहुन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने व्यहोरा अनुरोध छ ।’

महानगरको अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी ऐन–२०७५, शिक्षा नियमावली २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ ले महानगरभित्र सञ्चालित सबै संस्थागत विद्यालयलले कुल विद्यार्थीको कम्तिमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

उक्त व्यवस्थाबमोजिम अझै केही विद्यालयले छात्रवृत्ति विवरण पेस नगरेको महानगरले जनाएको छ ।

- ADVERTISEMENT -