चितवन / अल्फा एजुकेसन कन्सल्टेन्सीको तेस्रो शाखा शुभारम्भ गरिएको छ ।
काठमाडौँबाट २०७२ सालदेखि सेवा सुरु गरेको कन्सल्टेन्सीले चितवनको मागलाई सम्बोधन गर्नको लागि पनि शहीदचोकबाट सेवा थालेको कन्सल्टेन्सीका सञ्चालक रोमनसिंह थापामगरले जानकारी दिए ।
सञ्चालक थापामगरले विद्यार्थीहरुको उच्च शिक्षासँगै भविष्य निर्माणको लागि काम गर्ने लक्ष्यसहित सेवा सुरु गरिएको बताए ।

नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले उक्त कन्सल्टेन्सीको शुक्रबार उद्घाटन गरेका हुन् ।
कन्सल्टेन्सीको उद्घाटन गर्दै मगर संघका अध्यक्ष ठाकुरसिंह आलेमगरले वैदेशिक यात्राका लागि परामर्श केन्द्रको कमिकमजोरीका कारण कति युवाहरुले दुःख पाइरहेको बताउँदै सहज सेवा उपलब्ध गराउनेमा विश्वास दिलाए ।

उक्त कन्सल्टेन्सीबाट अष्ट्रेलिया, युके, क्यानाडा, अमेरिका, जापान, कोरिया, डेनमार्क र न्युजिल्याण्डलगायतका देशमा विद्यार्थी पठाउने छ ।
उक्त कन्सल्टेन्सीको दोस्रो शाखा पोखरामा रहेको र हरेक विद्यार्थीलाई शिक्षा शुल्कमा ३० प्रतिशत छुट दिने जानकारी गराइएको छ ।
