मकवानपुर / बागमती प्रदेशको गत आवमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ ।
प्रदेशमा गत वर्षको जेठमहिनादेखि हालसम्म भएका ८ सय ३६ विपद्का घटनामा परेर उनीहरुको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रविता कार्कीले जानकारी दिइन् ।
- ADVERTISEMENT -
मन्त्रालयका अधिकृत कार्कीका अनुसार, सो अवधिमा एक सय ७७ जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् ।
साथै सोही अवधिमा भएका घटनामा करिब रु ५१ करोडका साथै एक सय ७८ पूर्वाधारको क्षति भएका जनाइएको छ ।
- ADVERTISEMENT -
प्र्रदेशमा चार सय ९७ आगलागीका घटना, एक सय २३ स्थानमा वन डढेलो, एक सय ९८ स्थानमा पहिरो गएका छन् । विपद्मा परेर ६ सय ३१ पशुचौपाया मरेका छन् ।
बागमती प्रदेश विपद्को दृष्टिकोणले बहु प्रकोपका रुपमा उच्च जोखिममा रहेको छ । जसमध्ये नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएको अधिकृत कार्कीले बताइन् ।