June 20, 2024

फलफूल तथा तरकारी महासंघको अध्यक्षमा खतिवडा

June 9, 2024

चितवन / नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको अध्यक्ष भरतप्रसाद खतिवडा निर्विरोध निर्वाचित भएका छन् । महासंघको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्ष खतिवडासहितको सत्र सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षहरु मुकुन्दप्रसाद गौतम, कृष्णप्रसाद संजेल, गिरिजापति गुप्ता, निर्मलप्रसाद बाँस्तोला, उमाकान्त ढुंगेल, बाबुराम भुषाल, महासचिवमा विनोदराज पाण्डे, सचिवमा कृष्णप्रसाद हुमागाई, सहसचिवमा सूर्यबहादुर भण्डारी र कोषाध्यक्षमा दिपक गिरी चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा पदमबहादुर थापा, हरिशरण अधिकारी, मोहम्मत याकुव, रतन महतरा, अमृतबाबु भट्टराई, रामप्रसाद कंडेल निर्वाचित भएका हुन् ।

त्यस्तै, गण्डकी प्रदेश संयोजकमा राजेन्द्र गिरी, कोशी प्रदेश संयोजकमा खगेन्द्र महतो, सुदूरपश्चिम प्रदेश संयोजकमा हरिदत्त भट्ट, कर्णाली प्रदेश संयोजकमा कलबहादुर महतरा, बागमती प्रदेश संयोजकमा काशीराम सापकोटा, लुम्बिनी प्रदेश संयोजकमा अमृतबाबु भट्टराईलाई चयन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -