July 20, 2024

बोक्सी आरोप लगाउँदै महिलामाथि कुटपिट

June 12, 2024
Sketch

जनकपुरधाम / बोक्सी आरोपमा एक महिलामाथि कुटपिटबाट घाइते भएको छ । महोत्तरीको भंगहा नगरपालिका–१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले आफूमाथि कुटपिट भएको दाबी गरेकी छिन् ।

जनकपुरधाम स्थित काव्या अस्पतालमा घाइते जगतारन देवीको उपचार भइरहेको छ । टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले सोमबार दिउँसो २ बजे घरमा पसेर आफूमाथि कुटपिट गरेको घाइते जगतारनले बताइन् ।

कुटपिट गर्ने राजेशको आफन्तका दुई महिनाअघि दुई महिने शिशुको मृत्यु भएको थियो । त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको र सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि लात, मुक्का, फाइटले शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको पीडित जगतारनको आरोप छ । जगतारको पति वैदेशिक रोजगारीमा छन् ।

यता महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारनमाथि समान्य विवादमा कुटपिट भएको बताए । तर बोक्सी आरोपमा भएको भन्ने जानकारीमा नआएको डिएसपी जयसवारको भनाइ छ ।

उनले पीडित सम्पर्कमा आए सोही अनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -