२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

कावासोती नगरपालिकामा तोडफोड, मेयरको घरमा आगजनीको प्रयास

दर्जनौँ राउण्ड हवाई फायर
प्रकाशित मिति : २०८१ असार १ गते
- ADVERTISEMENT -

नवलपुर / कावासोती नगरपालिका र मेयरको घर तोडफोड भएको छ । नवलपरासीको सदरमुकाम कावासोतीमा ढल खन्ने क्रममा बिहीबार ३ महिला मजदुरको मृत्यु भएपछि आक्रोसित आफन्तहरुले सो कार्य गरेका हुन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ । कावासोती नगरपालिका तोडफोड गरेका स्थानीयहरुले सोही स्थानमै रहेको मेयर विष्णु भुसालको घरमा समेत तोडफोड गरेका छन् ।

मृतकले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका छन् । उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र प्रदर्शनकारीले मेयरको घरमा समेत आगजनीको प्रयास गरेका थिए ।

कावासोती नगरपालिका २ फलफुल चोकमा नाला निर्माणमा खटिएका कावासोतीका ५१ बर्षिया सेती राना, २६ वर्षकी तानमया मगर र ३२ वर्षिया चमेली सिंजालीको बिहीबार ढिस्कोले पुरेर मृत्यु भएको थियो । उनीहरु सबै कावासोती नगरपालिका वडा नम्बर ५ निवासी हुन् ।

नगरपालिकाको लापरबाहीका कारण कारण ती महिलाहरुको मृत्यु भएको भन्दै स्थानीय छानविन समिति बनाउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

- ADVERTISEMENT -