July 20, 2024

फिस्लिङमा पहिरो, राजमार्ग अवरुद्ध

June 17, 2024
file photo

चितवन / पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो ।

उहाँले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -