April 23, 2025

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

June 19, 2024
- ADVERTISEMENT -

धनकुटा / १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार धनकुटाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाल रहेका छन् ।

अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -