July 20, 2024

जंगली च्याउ खाँदा पाँच बिरामी, एकजना गम्भीर

June 24, 2024
File photo.

मकवानपुर / जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनको ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी वर्ष १५ की रेन्जु प्रजा, वर्ष ८ की सविना प्रजा र छोरा वर्ष १० को सुशल प्रजा बिरामी भएका हुन् ।

उनीहरुको चितवनको भरतपुरस्थित उपचारको लागि पठाइएको छ । बिरामीमध्ये बलबहादुरको अवस्था गम्भीर र अन्यको मध्यम रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -