July 20, 2024

जंगली च्याउ खाँदा चार जना बिरामी

June 25, 2024
File photo.

मकवानपुर । जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् ।

मकवानपुरमा राक्सिराङ गाउँपालिका वडा नम्वर ८, लाचेमा सोमबार जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिरामी हुनेहरुमा स्थानीय २१ वर्षीय भुवल प्रजा, उनको श्रीमती २१ वर्षीया रँतिमाया प्रजा, छोरा ३ वर्षीय समिक प्रजा र भुवलका भाई १८ वर्षीय पूर्ण प्रजा रहेका छन् ।

च्याउ खाएर बिरामी भएका चारै जनालाईचितवनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

जिल्लाको राक्सिराङ गाउँपलिका वडा नम्वर ७ मा आइतबार मात्रै जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको थियो भने चार जना बिरामी भएका छन् । च्याउ खाएर बिरामी भएका उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -