March 15, 2025
- ADVERTISEMENT -

चितवनमा क्यान्सर पीडितलाई एक लाख बढी रकम हस्तान्तरण

परिवारद्वारा सहयोगको अपिल
June 26, 2024

– विना तामाङ / न्यूजप्रवाह डटकम
चितवन । भरतपुरका तामाङ समुदायले रक्तक्यान्सर पीडित एक महिलालाई एक लाख ७ हजार ६ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

भरतपुर नगर तामाङ समाजको विशेष पहलमा छेच्यु थर्पलिङ गुम्बा, मञ्जुश्री म्हाणिमा आमा समूहबाट जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ वर्ष २५ की रक्तक्यान्सर पीडित निरमाया लोप्चनलाई उक्त रकम सहयोग जुटाएको समाजका पूर्व अध्यक्ष गंगालाल लामाले जानकारी दिए ।

समाजका उपाध्यक्ष सरिता लामा, गुम्बाका अध्यक्ष पञ्चबहादुर लामा, आमा समूहका अध्यक्ष चिनीमाया पाख्रिनले संयुक्त रुपमा पीडित लोप्चनको उपचार खर्चका लागि नेपाल तामाङ घेदुङ ठोरी गाउँपालिकाका अध्यक्ष जीतबहादुर पाख्रिनलाई सो रकम हस्तान्तरण गरिएको हो ।

पूर्व अध्यक्ष लामाका अनुसार भरतपुर नगर तामाङ समाजका संस्थापक अध्यक्ष दिलमाया लामा, निवर्तमान अध्यक्ष पासाङ तामाङ, मञ्जुश्री म्हाणिपा आमा समूहका अध्यक्ष चिनीमाया पाख्रिन, मिनमाया लामा लगायतले आर्थिक सहयोग जुटाउन पहल गरेका हुन् ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष लामाले सहयोगी दाताहरुको नाम वाचन गर्दै सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा अधिवक्ता अजयकुमार तामाङ, समाजका पूर्व सहसचिव शम्भु पाख्रिन, नरिमाया तामाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भोजाड स्थित छेच्यु थर्पलिङ गुम्बामा सम्पन्न भएको थियो ।

भरतपुर नगर तामाङ समाजले यसअघि पनि विभिन्न चरणमा मानविय सहयोग गर्दै आएको छ । क्यान्सर पीडित लोप्चन परिवारले आर्थिक सहयोग गरी दिन सबैसँग अपिल समेत गरेको छ ।

- ADVERTISEMENT -