March 17, 2025
- ADVERTISEMENT -

एसईईको नतिजा सार्वजनिक गरिँदै

June 27, 2024

काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (बिहीबार) सार्वजनिक गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले एसईईको नतिजा बिहान ९ बजे सार्वजनिक गर्न लागेको जानकारी दिए ।

बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार प्रकाशन गर्न लागेको हो ।

यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने उनले बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनले बताए ।

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

- ADVERTISEMENT -