March 15, 2025
- ADVERTISEMENT -

अनिश्चितकालकालिन स्थगित बागमती प्रदेश सभा बैठक

June 29, 2024

मकवानपुर / बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शुक्रबार अपराह्न बसेको बैठकमा सो कुराको जानकारी गराएका हुन् ।

सो बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले विज्ञान, प्रविधि, नवप्रर्वद्धन तथा विकास कोष संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकउपर समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए ।

त्यसअघि प्रदेशको समाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक दफाबार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनि प्रस्ताव पेश गरेकी थिइन् ।

मन्त्री मोक्तानले पेश गरेको उक्त प्रस्ताव दफाबार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन सोही बैठकले सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ । बैठकमा सभामुख पाठकले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।

- ADVERTISEMENT -