March 15, 2025
- ADVERTISEMENT -

यी प्रदेशमा तीन दिन भारी वर्षाको सम्भावना

July 2, 2024
File photo.

काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा आगामी तीन दिनसम्मै देशका अधिकांश भू–भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने सावधानी अपनाउन आग्रह पनि गरेको छ।

आज (मंगलबार) दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ भने देशैभरका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

- ADVERTISEMENT -