September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

७७ वटै जिल्लाका प्रजिअहरुलाई जिल्ला नछाड्न निर्देशन

July 5, 2024

काठमाडौं / हाल देशमा मनसुन सक्रिय हुँदै गएकाले गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न निर्देशन दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे बिहीबार छलफल भएको थियो ।

सोही छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् । पालिकाहरुसँग समन्वय गर्दै तम्तयार भएर बस्न उनले प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।