March 15, 2025
- ADVERTISEMENT -

सप्तकोसी नदीमा पानीको वहाव उच्च

५६ वटै ढोका खोलियो
July 7, 2024

विराटनगर / देशभर केही दिन यता लगातार वर्षा भइरहेकोले बाढीको जोखिम बढ्दै गएको छ । नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढी हुने भएको जिल्ला प्रशासन कार्यालयहरुले सावधानी अपनाउन र सुरक्षित स्थान लाग्न अनुरोध गर्दै आइरहेको छ ।

यस्तैगरी सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै ५६ वटै ढोका खोलिएको छ । सुनसरी प्रहरीका अनुसार, आज (आइतबार) बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झण्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुल्ला गरिएको छ ।

सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ ।

पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -