२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

एसएलआर हतियारसहित लुट्दै हिँड्ने तीन पक्राउ

प्रकाशित मिति : २०८१ असार २४ गते

मुगु / हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले ६ जना पक्राउ गरेको थियो तर, पक्राउ परेका ६ जनामध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

पक्राउ पर्नेहरुमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् ।

घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार, मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको स्थानीयहरूले जाहेरी दिएका थिए ।

घटना भएको झण्डै एक महिनापछि लुटपाटमा संलग्न ८ जनाको टिममध्ये प्रहरीले ३ जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्यागेजिन, २५ राउन्ड गोली, ३ थान वकीटकी, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याट ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल पनि बरामद गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52