चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका केन्द्रीय परिषद सदस्य तथा राप्ती नगरपालिका मेयर शमशेर लामा माथि भएको आक्रमणको घोर भर्त्सना गरेको छ ।
आइतबार राति करिब ९ बजे अज्ञात समूहद्वारा ढुंगा प्रहार गरी गाडी तोडफोड र भौतिक आक्रमण गर्ने अभिप्रायको नेकपा एसले (आज) सोमबार एक विज्ञप्ति जारी गरी घोर भर्त्सना गरेको हो ।
‘कानुन हातमा लिएर गरिएको यसप्रकारको निन्दनीय एवम् आपराधिक कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ, ‘आपराधिक कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं ।’
‘राप्ती नगरपालिका सल्लाहकार बाबुराम पाठकलाई घर पुर्याई फर्कने क्रममा उनी सवार गाडीमा अज्ञात समूहले ढुंगा प्रहार गरी आक्रमण गरेको हो’ – विज्ञप्तिमा उल्लेख छ ।
अज्ञात समूहले मेयर लामा सवार बा२झ ३६६६ नम्बरको सेतो स्कार्पियोमा आक्रमण गरेका हुन् भने गाडीको पछाडिको सिसा फुटेको छ ।