April 22, 2025

बाढी–पहिरो पीडितको उद्धार र राहत लागि व्यवस्था गर्न माग

July 8, 2024
नारायणी नदीमा आएको बाढीका कारण बुद्धको मूर्ति डुबानमा । तस्बिर: न्यूजप्रवाह ।
- ADVERTISEMENT -

काठमाडौं / बाढी, पहिरोबाट प्रभावित तथा जोखिममा परेकालाई तत्काल उद्दार र उचित राहतको व्यवस्था गर्न सरकारसँग सांसदहरूले माग गरेका छन् ।

आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् ।

उनीहरुले अबिरल वर्षाको कारण देशभर बाढी–पहिरोको गएकाले त्यसबाट प्रभावित जनतालाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरुले सरकारले विपद् जोखिमको लागि उचित राहत र उद्धारको लागि राम्रो व्यवस्था नदेखिएको उल्लेख गर्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल उद्धार गर्न माग गरे ।

- ADVERTISEMENT -