२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ पक्राउ

प्रकाशित मिति : २०८१ असार २४ गते
- ADVERTISEMENT -

काठमाडौं / देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले बर्दिया, झापा र कैलाली जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ८० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–६ बस्ने २३ वर्षीय पदम बहादुर बुढामगर र २५ वर्षीय शंकर विक रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै, झापाको दमक नगरपालिका–४ कृष्ण मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम र नगद ६७ हजार ८ सय रूपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने ३१ वर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ३६ वर्षीय खगेन्द्र न्यौपाने रहेका छन् । इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट तारावारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी, झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ७० मिलिग्रामसहित आइतबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने २१ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय १० मिलिग्रामसहित आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–४ बस्ने २१ वर्षीया आरती धामी रहेका छन् । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।

- ADVERTISEMENT -