February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ए डिभिजन लिग : एष्ट्रलको पहिलो जित

July 8, 2024

चितवन / सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा नारायणी मोटर्स युनिक फुटबल क्लबलाई २(० ले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो । उसको जितमा लाल कुमार तमाङ र प्रताप भट्टले गोल गरे ।

एष्ट्रलका विशाल तमाङ म्यान अफ दि म्याच भए । यो जितपछि लिगमा एष्ट्रलले दुई खेलमा चार अंक बनाएको छ । समान खेल खेलेको युनिकको एक अंक छ ।

लिग अन्तर्गत आज नै हुने भनिएको यात्रा ग्रुप भरतपुर र माडी ११ बीचको खेल भने स्थगित भएको छ । उक्त खेल मंगलबार दिउँसो २.३० बजे हुनेछ । मंगलबार नै ४.३० बजे नारायणगढ फुटबल क्लब र रामपुर एफफी रड्स भिड्नेछन् ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

- ADVERTISEMENT -