July 20, 2024

नौबिसे–मलेखु सडकखण्ड १५ दिन बन्द हुने

July 9, 2024
File Photo.

काठमाडौं / नौबिसे–मलेखु सडक–खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने सो सडक खण्ड २६ असारबाट साउन ९ गतेसम्म राति बन्द गर्न लागिएको नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै जानकारी दिएको हो ।

सूचनामा सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको हो ।

जहाँ ‘गर्डर लन्चिङ’ को काम गर्न लागिएको आयोजना जनाएको छ । यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) लाई रोक लगाइने छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -