April 23, 2025

अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा

July 10, 2024
- ADVERTISEMENT -

काठमाडौं / कोपा अमेरिका २०२४ को फाइनलमा अर्जेन्टिनाले प्रवेश पाएको छ । मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

उक्त खेलमा अर्जेन्टिनाको तर्फबाट लिओनल मेसीले पहिलो गोल र दोश्रो गोल अल्भारेजले गोल गरेका हुन् ।

अर्जेन्टिनाले अब कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ । साविक विजेता अर्जेन्टिना लगातार तीन ठूला प्रतियोगिता जित्ने लक्ष्यमा छ । २०२१ मा कोपा जितेको रअर्जेन्टिनाले २०२२ मा फिफा विश्वकप उपाधि जितेको थियो ।

खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा मेसीले गोल थपे । उनले ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा जारी कोपामा पहिलो गोल गरेका हुन् ।

- ADVERTISEMENT -