February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हुग्दिखोलामा पहिरो, मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध

मौवाखाला एकतर्फी सुचारु
July 11, 2024

चितवन / अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड बिहानैदेखि अवरुद्ध भएको छ ।

गए (बुधबार) रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

उक्त सडकखण्डको धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका १० हुग्दिखोलामा र चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोलामा पहिरो खसेको हो ।

यद्यपि अहिले मौवाखोलाको भने पहिरो पञ्छाई एकतर्फी सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिए ।

सडक दुई तर्फी सञ्चालन गर्न भने समय लाग्ने बताइएको छ ।

- ADVERTISEMENT -