February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ना.मु. सण्डकखण्ड एकतर्फी सञ्चालनमा

July 12, 2024
Photo : Google

काठमाडौं / नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन ल्याइएको छ । उक्त सडकखण्डमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो गएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी इन्द्रदेव यादवका अनुसार पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्‍ता भएका छन् । सडक खुलाएर केही गाडी जान दिए पनि निरन्तर वर्षासँगै माथिबाट ढुंगा झर्न नरोकिएकाले गाडी चल्न सकेका छैनन् ।

‘‘वर्षा भइरहेको छ । बाटो सकभर छिटो खुलाउने प्रयासमै छौं । तर पानी पर्न नरोकिएकाले माथिबाट ढुंगा पनि खस्न छोडेको छैन’, डीएसपी यादवले भने, ‘बाटो खुल्न अझै केही समय लाग्छ ।’

- ADVERTISEMENT -