२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

राष्ट्रिय परिचयपत्र नभए पनि वृद्धभत्ता पाइने

प्रकाशित मिति : २०८१ असार २८ गते

काठमाडौं / सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले वृद्धभत्ता लिन तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

यसअघि सरकारले राजपत्रमा एक सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

जस अनुसार आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, पेन्सन लिन, कर तिर्न, सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।

तर, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायतलाई भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा भत्ता नै नपाउने अवस्था आउने भन्दै विरोध हुँदै आएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -