काठमाडौं / कोपा अमेरिका २०२४ मा तेस्रो स्थान हासिल गर्न उरुग्वे सफल भएको छ । आइतबार बिहान भएको तेस्रो स्थानको लागि क्यानडालाई पेनाल्टीसुटआउटमा ४–३ पराजित गरेको हो ।
तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा निर्धारित ९० मिनेटको खेल २–२ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको हो ।
उक्त खेलमा उरुग्वेका लागि पेनाल्टी प्रहार गरेका चारै खेलाडीले गोल गर्दा क्यानडाका दुई खेलाडी चुकेका थिए ।