काठमाडौं / स्याङ्जाको पुतलीबजार नगरपालिका–४ मा पानीको दहमा डुबेर आइतबार दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुतलीबजार–४ रामकोष स्वाराका १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापा रहेका छन् । मृतक दुबै जना नरेन्द्रबहादुर थापाका छोरीहरु हुन् ।
प्रहरीका अनुसार, लक्ष्मी ९ कक्षा र सुस्मिता ५ कक्षामा पढ्छिन् । घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेर उनीहरुको मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।