२०८२ श्रावण १, बिहीबार
July 17, 2025
२०८२ श्रावण १, बिहीबार
July 17, 2025 Thursday

बागमती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा, जोखिमबाट बच्न आग्रह

प्रकाशित मिति : २०८१ श्रावण २ गते
File photo.

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ ।

जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -