April 22, 2025

विभिन्न पाँच संसदीय समितिका बैठक बस्दै आज

July 18, 2024
- ADVERTISEMENT -

काठमाडौं / संघीय संसद् अन्तर्गत आज (बिहीबार) पाँच वटा समितिका बैठक बस्ने भएको छ । जसअनुसार, शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको छ भने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा नै बस्ने गरी बोलाइएको छ ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि साढे ११ बजे सिंहदरबारमा बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक मध्याह्न १२ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

- ADVERTISEMENT -