२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

ओलीलाई विश्वासको मत नदिने तीन पार्टीको निर्णय

प्रकाशित मिति : २०८१ श्रावण ५ गते

काठमाडौं / नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार भएको छलफलले उक्त निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

तीन प्रतिपक्ष दलबीचको छलफल सम्पन्न भएलगतै माओवादीका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । उनलाई नेपाली कांग्रेस र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भने विश्वासको मत लिने निर्णय गरेको छ ।

जसपा नेपालका अध्यक्ष यादवले पार्टीले आधिकारिक निर्णय नगरेपनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सकारात्मक रहेको बताए । उनले भोलि वा पर्सी संसदीय दलको बैठक बसेर यस विषयमा आधिकारिक निर्णय गर्ने जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -