काठमाडौं / आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । सरकारी जागिरमा लागु भएको कोटा विरोधी आन्दोलनबाट असर परेका उनीहरुले बंगलादेश छाडेका हुन् ।
स्थल तथा हवाई माध्यम हुँदै ती विद्यार्थीले शनिबार बंगलादेश छाडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हुन् । मन्त्रालयका अनुसार उनीहरु नेपाल प्रस्थान गरेका हुन् ।
नेपाली राजदूतावासले उनीहरुलाई सहजीकरण गरेको थियो भने गत जेठबाट सुरु भएको आन्दोलनमा कम्तिमा १५० को ज्यान गएको छ ।
बङ्गलादेशमा सैन्य कर्फ्यू लागु गरिएको छ । इन्टरनेट सेवा बन्द गरिएको छ ।
यसअघि ढाकास्थित नेपाली राजदूतावासले साह्रोगाह्रो परेकालाई सहयोग गर्न एक सूचना प्रकाशन गरेर नम्बर सार्वजनिक गरेको थियो ।