April 22, 2025

बागमती प्रदेशको मुख्यमन्त्रीमा लामा नियुक्त

July 23, 2024
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

गत असार २४ गते नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेका शालिकराम जम्कट्टेलले साउन ६ गते आइतबार प्रदेश प्रमुख समक्ष पदबाट राजिनामा दिएका थिए ।

सो लगतै प्रदेश प्रमुख शर्माले आइतबार नै मिलिजुली सरकार गठनको लागि आज साउन ८ गते बेलुका ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।

लामाले प्रदेश प्रमुख यादवले आह्वान गरे अनुरुप नेकपा एमालेको समर्थनमा मंगलबार मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका लामाले आफ्नो पार्टी ९कांग्रेस० का ३७ र एमालेका २७ गरी ६४ जना सांदद्को समर्थनमा दाबी पेश गरेका थिए ।

- ADVERTISEMENT -