काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले आज (बिहीरबा) देशको विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
यस्तै, कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रही मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ ।
वर्षाका कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।