२०८२ श्रावण १, बिहीबार
July 17, 2025
२०८२ श्रावण १, बिहीबार
July 17, 2025 Thursday

विमान दुर्घटना : आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

प्रकाशित मिति : २०८१ श्रावण १० गते

काठमाडौं / सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

१९ जना सवार उक्त जहाजमा एक जना भने घाइते छन् । घाइते हुनेमा पाइलट मनिष शाक्य रहेका छन् । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -