March 15, 2025
- ADVERTISEMENT -

प्रचण्डले भने– ‘२०८४ को निर्वाचन एक्लै चुनाव लड्छौँ’

July 28, 2024
File Photo

काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ सालको निर्वाचन एक्लै लड्ने बताएका छन् । पेरिसडाँडामा आज (आइतबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चुनाव जित्ने योजनाका साथ पदाधिकारी बैठकमा छलफल भइरहको बताए ।

‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ ।’ उनले भने, ’यस्तो महत्त्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ, यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ ।’

प्रचण्डले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको सुनाए । ‘हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ । हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ,’ उनले भने ।

- ADVERTISEMENT -