काठमाडौं / नगर रकम र सुनको गहना चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई शनिबार पक्राउ गरेको छ ।
नुवाकोट विदुर नगरपालिका–१७ घर भई काठमाडौं महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुन चोरी भागेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेको अवस्था पक्राउ गरेको हो ।
- ADVERTISEMENT -
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।