२०८२ असार २५, बुधबार
July 9, 2025
२०८२ असार २५, बुधबार
July 9, 2025 Wednesday

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

प्रकाशित मिति : २०८१ श्रावण १४ गते

काठमाडौं / प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी आह्वान गरेको हो ।

सो बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंछी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी, बैठकमा सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्नेछन् ।

सभामुख घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेलगायतको कार्यसूची रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -